हेडलाईन न्युज

जनगायक खुसिराम पाख्रिनकाे दाेस्राे स्मृति सभा सम्पन्न

सुनकाेशी न्युज,

२०७६/०८/१८

काठमाडौं । अाज जनकलाकार खुसीराम पाख्रिनकाे दाेस्राे स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ।

जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादलले माला र अबिर चढाएर पाख्रिनलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो । उहाँले अाफू तीसकाे दशकदेखि नै पाख्रिनकाे सहकर्मी रहेको स्मरण गर्नुभयो ।

कार्यक्रममा जनसांस्कृतिक महासंघका ईन्चार्ज मणि थापाले खुसिराम पाख्रिनकाे स्वाभाव, छाेरा जनयुद्धमा शहीद हुदा उहाँको अवस्था, उहाँले गर्नुभएको संघर्षको ईतिहासबारे प्रकाश पार्नु भएको थियोे ।

खुसिराम २०७४ साल मंसिरमा चितवनमा अायाेजित चुनावी सभामा गीत गाउदा गाउदै मञ्चमै ढल्नु भएको थियोे । तुरुन्तै अस्पताल लगे पनि अस्पतालले उहाँलाई मृत घाेषित गरेको थियो । अल्पायुमै मृत्यु हुनु दुखद भए पनि जनताको लागि गाउने मानिस गाउदा गाउदै मर्न पाउनु उहाँको ईच्छा अनुसार भएको बताउनुहुन्छ महासंघका सहसंयाेजक शरलसहयात्री ।

पाख्रिन पञ्चायती कालदेखि बहुदलसम्म जनताको गीत गाउने, लेख्ने अथक श्रष्टा हुनुहुन्थ्यो ।

प्रकाशित मिति: बुधबार, मंसिर १८, २०७६