समाचार

लायन्स क्लबहरुद्वारा एक वर्षका लागि फ्रि मधुमेह चेकअप र रक्तदान शिविर सञ्चालन

काठमाडौं । लायन्स क्लब अन्र्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ ए २ अन्र्तगतका लायन्स क्लब अफ काठमाडौं ग्लीज, क्राउन लगायत पन्द्रवटा लायन्स क्लबहरुको संयुक्त आयोजना र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, कुलेश्वर आवास परिवारका साथै कुलेश्वर पोलिक्लिनिक प्रा.लि. को सहयोगमा कुलेश्वर पोलिक्लिनिकमा फ्रि मधुमेह चेकअप र रक्तदान शिविर सञ्चालन भएको थियो ।
मंगसिर महिनाको पहिलो शनिवारबाट लायन्स क्लबहरुले संयुक्त रुपमा शुरु गरेको फ्रि मधुमेह चेकअप र रक्तदान शिविर आगामी एक वर्षसम्म प्रत्येक महिनाको पहिलो शनिवारका दिन कुलेश्वर पोलिक्लिनिकमा सञ्चालन गरिने आयोजक क्लबहरुले बताएका छन् ।
महिनाको पहिलो शनिवारबाट लायन्स क्लबहरुले संयुक्त रुपमा शुरु गरेको फ्रि मधुमेह चेकअप र रक्तदान शिविरमा लगभग एकसय भन्दा पनि बढी जनाले मधुमेह चेकअपबाट लाभ लिनुभएको थियो भने ३५ जना लायन्सका सदस्य तथा पदाधिकारीहरुले रक्तदान गर्नु भएको थियो ।
रक्तदान शिविर पश्चात डिस्ट्रिक्ट गर्भनर लायन शोभा जाशीले रक्तदाताहरुलाई प्रमाणपत्र र रक्तदान गरेको सदस्यहरुको फोटो भएको (कफिको मगमा) कपले सम्मान गर्नु भएको थियो । उक्त शिविरमा पीडिजी लायन बिजुबज्रचार्य, पीडिजी लायन मधुकरकुमार उपाध्याय फस्र्ट भीडिजी लायन डा. शुशीला मल्ल, सेकेण्ड भीडिजी लायन केशव पाण्डे, डिस्ट्रिक्ट चिफ लायन शिव कटुवाल, चिफ एरिया कोअर्डिनेटर लायन वनिता बरालल र रिजन चियर पर्सन लायन मोहन अर्याल लगायन लायन्सका अग्रज लिडरहरुका साथै विभिन्न क्लबका पदाधिकारीको बाक्लो उपस्थितिमा रक्तदान शिविर सम्पन्न भएको छ ।

प्रकाशित मिति: आइतवार, मंसिर ८, २०७६