हेडलाईन न्युज

मन्त्री परिवर्तनमा अध्यक्ष प्रचण्डलाई अनावश्यक जाेडेकाेप्रति सचिवालयकाे अापत्ति

मन्त्रीमण्डल हेरफेर बारे चलेको हल्लामा नेकपा अध्यक्ष प्रचण्डलाई अनावश्यक जाेडेर समाचार र टिप्पणी अाउन थालेको प्रति अापत्ति जनाउँदै अध्यक्ष प्रचण्डको सचिवालयले सूचना निकालेको छ। केही दिनदेखि चलिरहेको मन्त्री हेरफेरकाे चर्चाबारे सचिवालयले यो विषय प्रधानमन्त्रीकाे क्षेत्राधिकारभपत्रकाे विषय भएको बताएको छ। प्रधानमन्त्री र प्रचण्डबीच भएको छलफल र सचिवालय बैठकले गरेको निर्णयका अाधारमा सामाजिक सञ्जाल र मिडियामा विभिन्न टिप्पणी हुदै अाउने गरेको छ।

यसाे त हिजो दिनभरि हट्ने र नयाँ अाउने सम्भावित मन्त्रीको दाैडधुप उल्लेखनीय रहेको थियोे । तर प्रधानमन्त्रीले तत्कालै मन्त्रीहरू परिवर्तन नगर्ने संकेत देखिएको छ।

प्रकाशित मिति: मङ्लबार, मंसिर ३, २०७६