हेडलाईन न्युज

कुवेतसँग नेपाल १-० ले पराजित

विश्वकप छनौट अन्तर्गत कुवेतसँगको होम ग्राउण्डमा नेपालले हारका वावजुद सुधारिएको प्रदर्शन गरेको छ ।

भुटानको थिम्पुमा मंगलबार नेपाल कुवेतसँग १–० गोल अन्तरले पराजित भएको हो । जबकी यही टीमसँग कुवेतमा नेपाल ७–० गोलको विशाल अन्तरले हारेको थियो ।

कुवेतका बदर अल मतवाले २८ औं मिनेटमा निर्णायक गोल गरे । यो जितसँगै कुवेतको पाँच खेलबाट १० अंक भएको छ । चौथो स्थानमा रहेको नेपालको तीन अंक छ ।

प्रकाशित मिति: मङ्लबार, मंसिर ३, २०७६