समाचार

लायन्सले ग¥यो “International club Twinning Project and Diabetes check up Camp” स्काईपेद्वारा लाईभ

काठमाडौ । डिस्ट्रिक्ट ३२५ ए २ नेपालका लायन्स क्लब काठमाडौ, रोशनी र कुलेश्वर लगायत २७ क्लबहरु, डिस्ट्रिक्ट ३२५ ए १ को लायन्स क्लब काठमाडौ कारपोरेट, डिस्ट्रिक्ट ३२५ बी १ का लायन्स क्लब अफ बालाजु र लायन्स क्लब काठमाडौ रोज त्यस्तै विदेशी पार्टनर्स क्लब लायन्स क्लब भारतका डिस्ट्रिक्ट ३२१ ए २ परवानू कालका, बड्डी र पञ्चकुला भेली त्यस्तै डिस्ट्रिक्ट ४१२ ए जिबाम्बेका लायन्स क्लब छेगुटु र लायन्स क्लब ग्रेटर गाबोरोनले भारत, नेपाल र जिबाम्बेबाट ईन्टरनेशनल क्लब टुइनिङ्ग डायबीटिज चेकअप क्याम्प सम्पन्न गरेका छन् ।
विश्व डायबीटिज दिवसको अवसरमा स्काईपेको माध्यमबाट भारतको दिल्ली नेपालको कुलेश्वर र जिबाम्बेबाट लाईभ कार्यक्रम गरिएको थियो । ईन्टरनेशनल क्लब टुइनिङ्ग डायबीटिज चेकअप क्याम्पका नेपालका लागि कोअर्डिनेटर डिस्ट्रिक्ट ३२५ ए २ का पीडिजी लायन बीजु बज्राचार्य, त्यस्तै डिस्ट्रिक्ट ३२१ ए २ भारतका लागि लायन वीनित गोयल र डिस्ट्रिक्ट ४१२ ए जिबाम्बेका लागि लायन लक्क्षिना क्रिस्टिना हुनुहुन्छ ।

प्रकाशित मिति: शनिबार, कार्तिक ३०, २०७६