हेडलाईन न्युज

बसका चालक नदीबाट आफैं माथि आएलगत्तै बेहोस : सुकुटे बस दुर्घटनामा १३ को मृत्य, ४९ घाइते

मेलम्ची– अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको वा२ख ७२४५ नंको यात्रुवाहक बस सुनकोशी नदीमा खसेको हो । दश जनाको भने घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा घाइते भएका ५० मध्ये ४७ जनाको धूलिखेल अस्पतालमा उपचार भइरहेको छ।  ५२ वर्षीय चेतकुमारी बस्नेतको भने उपचारकाे क्रममा मृत्यु भएकाे अस्पतालले जनाएकाे छ । उनकाे ठेगाना खुल्न सकेकाे छैन । यसैगरी  दुई जनालाई बनेपास्थित सिर मेमोरियल अस्पतालमा रिफर गरिएको छ ।

आइतबार दिउँसो भएको सो बस दुर्घटनामा अरु १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृतकको सनाखत भइसकेको छैन । दोलखाको मागा देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको हो ।  बसमा ६०  बढी यात्रु सवार रहेको अनुमान गरिएको छ । बस सडकबाट १०० मिटर तल सुनकाेसी नदीमा खसेर दुर्घटना भएकाे हाे ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेको स्थानीयवासी ढकप्रसाद तिमिल्सनाले जानकारी दिए। ‘मृतकको संख्या बढ्न सक्छ, हामी खोजी र उद्धार गरिरहेका छौं,’ डिएसपी माधव काफ्लेले भने। मृतकको सनाखत भइसकेको छैन। बसका चालक धनबहादुर तामाङ नदीबाट आफैं माथि आएका थिए। लगत्तै उनी बेहोस भएपछि अस्पताल पठाइएको छ। उद्धार कार्य जारी रहेको प्रहरीले  जनाएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन।

 

दुर्घटनाग्रस्त बसलाई क्रेनको सहायताले सुनकोशीको किनारमा ल्याइएको छ।

प्रकाशित मिति: आइतवार, कार्तिक १७, २०७६