विदेश

किशोरीलाई जिउँदै जलाएको आरोपमा १६ जनालाई फाँसीे 

फेनी । बंगलादेशको एक अदालतले १९ बर्षी विद्यार्थीलाई १ अप्रिलमा जिउँदै जलाएको आरोपमा १६ जनालाई मृत्युदण्ड सुनाएको छ । १९ बर्षी विद्यार्थीलाई जिउँदै जलाएको घटनाको विरोधमा देशभरि व्यापक प्रदर्शनहरू भएको थियो । नुसरत जहां रफीले मदरसाका मौलानाको बिरूद्ध यौन उत्पीडन गुनासो फिर्ता लिन अस्वीकार गरेकी थिईन् । गुनासो फिर्ता नगरेकोमा नुसरत जहां रफीलमाथि १५ जनाको समुहले केरोसिन छर्केर जिउँदै जलाइएको थियो । “दोषीहरुलाई मृत्यृ दण्डकोे फैसलाले बंगलादेशमा कुनै पनि हत्यारा कानूनबाट बाँच्न सक्दैन भनेर प्रमाणित गर्दछ,“ अभियोजक हाफिज अहमदले अदालतमा फैसला सुनाए पछि जनताको ठूलो भीडको बीचमा पत्रकारहरुलाई भने । हाम्रो यहाँ कानूनको शासन छ ।

१९ वर्षीय नुसरत जहान रफीलाई उनको इस्लामिक स्कूलको छतमा जलाइएको थियो । उनले विद्यालयको मौलानाले यौन दुव्र्यवहार गरेको गुनासो गरेकी थिईन् । विद्यालयको छानामा मिट्टी तेल हालेर आगो लगाएर मारेको थियो । घटनाको केही दिन अघि नुसरतले उनीसँग यौन हिंसाको गुनासो गरेकी थिइन । उनीमाथि गुनासो फिर्ता लिन दवाव दिइयो तर उनले गुनासो फिर्ता लिएन ।

यस घटनाको विश्वभर आलोचना भएको थियो । यस पछि, सोशल मिडियामा बंगलादेशमा एउटा अभियान सुरू भयो । धेरैले यौन दुव्र्यवहारका अनुभव सामाजिक मिडियामा साझा गरेका थिए । विवाद बढेको देखेर प्रधानमन्त्री शेख हसिनाले पनि निष्पक्ष छानबिनको आश्वासन दिएकी थिईन् । उक्त घटनापछि देशभरका मदरसाहरू र शैक्षिक साइटहरूमा यौन हिंसाको बारेमा अनुसन्धान गरिएको थियो । -नभाटाबाट

प्रकाशित मिति: बिहिबार, कार्तिक ७, २०७६