हेडलाईन न्युज

सिन्धुलीका शहीद महेन्द्र श्रेष्ठको श्रद्धाञ्जली सभा पेरिसडाँडामा सम्पन्न

सुनकोशी न्यूज, २०७६ असोज ४ गते
काठमाण्डौं । सिन्धुलीका प्रभावशाली माओवादी युवा नेता महेन्द्र श्रेष्ठ जनयुद्धमा शहिद भएको आज असोज ४ गते २१ वर्ष भएको छ । नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा उहाँको स्मृतिमा श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन गरिएको छ ।

२०५५ असोज ४ गते उदयपुरको खोक्सामा उहाँको सहादत भएको थियो। तात्कालिन प्रहरीले उदयपुरको खोक्सामा गिरफ्तार गरी उहाँलाई हत्या गरेको थियो । त्यस समय माओवादी पार्टीभित्र यानप्रसाद गौतम आलोकको दबदबा रहेकोले उसको प्रतिवाद गर्ने जोकोहीलाई षडयन्त्रपूर्वक हत्या गर्ने गरिन्थ्यो । महेन्द्र श्रेष्ठ यही पार्टीभित्रको अन्तरविरोधका कारण उत्पन्न परिस्थितिको सिकार भएको सिन्धुली माओवादीवृत्तमा चर्चा हुने गरेको छ ।

२०२६ साल असार २६ गते सिन्धुलीको दोभानटारमा जन्मिनुभएका श्रेष्ठका दुई छोरा र एक छोरी रहेका छन् । जेठो छोरा महेश श्रेष्ठ रेडियो नेपालमा जागिरे छन् ।

जनयुद्धकालमा भारतको कोलकातामा फौजि तालिम लिएका महेन्द्र यसरी तालिन लिने नन्दकिशोर पुन, बलदेव र राजेशका समकक्षी मानिन्छन्। जसमध्य बलदेब अहिले कृषिमन्त्री छन् भने नन्दकिशोर पुन दोस्रो कार्यकाल संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका उपराष्ट्रपति खाइरहेका छन् ।

कार्यक्रमका प्रमुख वक्त गजुरेलले महेन्द्र श्रेष्ठ, शेरमान कवर र मोहनचन्द्र गौतम

सिन्धुली पार्टीका पिलर भएको बताउनुभयो । उहाँहरुको जनयुद्धमा सहादतले जिल्ला पार्टीले कहिल्यै

पूरा गर्न नसक्ने क्षेति व्यहोरेको स्मरण गर्नुभयो । उहाँले शहीदप्रति आगाध सम्मान भएको तर शहिदका परिवारले हसिया हथौड़ा मिल्काएर अन्यत्र बरालिदा दुःख लागेको गुनासो गर्नुभयो। केही शहीद परिवारमा राजनीतिक विचलन आएको उहाँले बताउनुभयो । उहँले ब्यक्तिगत सम्वन्धलाई प्रधान बनाउदा समस्या आएको भन्दै राजनीतिक बिचार र कार्यदिशा प्रमुख भएको बताउनुभयो । ‘आदर्श, मूल्य, मान्यतामा शहीदका परिवार नबसे उसलाई मान्नुपर्छ भन्ने छैन । भाई शहिद हुने तर दाई प्रतिकृयावादीको पक्षपोषक हुने कुरा मान्य हुदैन । नमिठो लाग्न सक्छ। मरिणमा विशाल कुमार स्मृति सभामा यही भनें। महेन्द्र, शेरमान र कुमार शहिद हुदा जिल्लाले धेरै समस्या भोग्नुपरो। पुराना नेताको महत्त्व धेरै हुन्छ । ईतिहासमा ओझेल परेका तर महत्त्वपूर्ण भुमिका निर्वाह गरेका शहिदहरुलाई अगाडि ल्याउन नसके, उजागर गर्न नसके यस्ता प्रतिष्ठान जति खोले पनि केही हुदैन । प्रतिष्ठान त व्यक्तिपिच्छे खोलएका छन् । त्यसको कुनै औचित्य हुदैन ।’ उहाँले भन्नुभयो ।

‘प्रतिगामीलाई गालि गरेर मात्रै आफू सही सावित हुईदैन। आफू सही सावित हुन स्वयम् सही ढंगबाट चल्नु पर्छ। आचरण बदलिनु पर्छ। जनताको मनभित्रबाट चित्त प्रसन्न भएर तालि बज्नुपर्छ।’ भन्ने उहाँको तर्क रहेको छ । नेकपाका दुई अध्यक्ष त्यसमा पनि प्रचण्डले आफ्नो शैली सुधार्नु पर्ने उहाँको जिकिर छ ।

दलालि गर्ने, खुसामदि गर्ने, चाकरी गर्ने मान्छेका कारण नेतृत्व मनोगत हुने गरेकोले मूल नेतृत्व सत्यनजिक नपुग्ने समस्या रहेको भन्दै यही कारणले नेतृत्व गलत निर्णय लिने, गलत अभिव्यक्ति दिने र गलत कदम चाल्न पुग्ने हुन्छ ।’ गजुरेलको तर्क छ ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य हरिवोल गजुरेल, केन्द्रीय सदस्य दिलिप प्रजापति, ३ नम्बर प्रदेश सभा सदस्य प्रतिभा श्रेष्ठ, जिल्लाका नेता रामकुमार शर्मा पौडेल, शहिद महेन्द्रका छोरा महेश श्रेष्ठ लगायत सहभागी थिए।

प्रकाशित मिति: शनिबार, अशोज ४, २०७६