मुख्य समाचार

नुवाकोटबाट चीनतिर गाई तस्करी, पाँच पक्राउ

गाई तस्करी गरी चीन पुर्‍याउने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। विभिन्न ठाउँबाट गाई संकलन गरी चीनको केरुङ लैजादै गरेका ५ जनालाई प्रहरीले नुवाकोटबाट पक्राउ गरेको हो।

नुवाकोटस्थित वट्टारमा शनिबार पुरिएको अवस्थामा जिउँदो गाई भेटिएपछि उनीरुलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक अविनारायण काफ्लेले जानकारी दिए। कस्पाङ गाउँपालिका–३का ३६ वर्षे राज तामाङ र ५४ वर्षे आइत तामाङविरुद्ध प्रहरीले मुद्धा दायरसमेत गरेको छ। पक्राउ परेका अन्य ३ जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिए।

तामाङद्वयलाई वट्टार हावाघरबाट पक्राउ गरिएको हो भने अन्य ३ जनालाई वेत्रावतिबाट पक्राउ गरिएको नुवाकोट प्रहरीले बताएको छ। उद्दार भएका गाईहरु केरुङतर्फ निकास गर्न खोजिएको भन्ने जानकारी आएकोले घटनाको विशेष अनुसन्धान हुनुपर्ने स्थानीयले बताएका छन्। तस्करीबाट उद्दार गरिएका एकदर्जन गाईहरु हावा घरमा रहेको किरियापुत्रीको भवन निर्माणस्थलसँगै राखिएको छ।

प्रकाशित मिति: आइतवार, भदौ २२, २०७६