मुख्य समाचार

बिरामी बोकेको एम्बुलेन्स दुर्घटना : एकको मृत्यु, चार घाइते

महोत्तरीको बर्दिबास–३ मा बिरामी बोकेको एम्बुलेन्स दुर्घटनामा परेको छ । पैदलयात्रीलाई जोगाउने क्रममा बा२च ४४४१ नम्बरको एम्बुलेन्स पल्टिँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

एम्बुलेन्समा सवार ५० वर्षीय तारा बादीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक प्रकाशबहादुर सिंहले जानकारी दिए ।

दुर्घटनामा बर्दिबासका एम्बुलेन्स चालक चित्रबहादुर बुढाथोकी, मृतकका छोरा उवेश बादी, छोरी गंगा बादी घाइते भएका छन् ।

पैदल यात्री धनुषाको मिथिला नगरपालिका–४ रोशा बराइली पनि घाइते भएका हुन् । उनको दाहिने खुट्टा भाँचिएको छ । घाइतेको उपचार बर्दिबासस्थित शुभ स्वस्तिक हस्पिटलमा भइरहेको छ ।

प्रहरीका अनुसार घरायसी झगडामा उवेशलगायत घाइते भएका थिए । घाइतेहरूलाई एम्बुलेन्सबाट अस्पताल लाँदै गर्दा एम्बुलेन्स दुर्घटनामा परेको हो ।

प्रकाशित मिति: आइतवार, भदौ २२, २०७६