अर्थ/विजनेस मुख्य समाचार समाचार हेडलाईन न्युज

सेयर बजारमा चमक, बजारमा हरियाली नेप्से २७५४ अंकमा

सुनकोसि न्यूज

जेष्‍ठ ६ गते, बुधबार

काठमाडौं । बुधबार सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ। अघिल्लो कारोबार दिन ६ अंकले घटेको नेप्से परिसूचक आज ३०.०८ अंक अर्थात् १.१० प्रतिशतले बढेर २७५४ अंकमा पुगेको छ। कारोबार अवधिभर बजार सकारात्मक रहँदा आजकै अंक दिनको उच्च बिन्दु बनेको हो।

कारोबार रकममा पनि वृद्धि भएको छ। मंगलबार ३ अर्ब ८ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ३ अर्ब ८२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।आज २४८ कम्पनीको सेयर मूल्य बढ्दा २१ कम्पनीको मूल्य घटेको छ भने एनएलजी इन्स्योरेन्सको मूल्य स्थिर रहेको छ।

कुन सेक्टर कति बढ्यो ?

बुधबार सबै सेक्टरका सूचक हरियालीमा देखिएका छन्। हाइड्रोपावर र होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.८९ प्रतिशतले बढेका छन्।

त्यस्तै —

  • बैंकिङ : ०.७३ प्रतिशत
  • विकास बैंक : ०.४४ प्रतिशत
  • फाइनान्स : १.४० प्रतिशत
  • लगानी : १.१५ प्रतिशत
  • जीवन बीमा : ०.९७ प्रतिशत
  • उत्पादन तथा प्रशोधन : १.१५ प्रतिशत
  • माइक्रोफाइनान्स : ०.६२ प्रतिशत
  • निर्जीवन बीमा : ०.४४ प्रतिशत
  • अन्य समूह : १.०९ प्रतिशत
  • व्यापार : १.५१ प्रतिशतले बढेका छन्।

धेरै बढ्ने र घट्ने कम्पनी

आज अपर लोहोरेखोला जलविद्युतको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ। माउन्टेन हाइड्रो नेपाल ११.८८, बुंगल हाइड्रो ७.५१, शिखर पावर ६.१२ तथा सिटी होटल ५.९० प्रतिशतले उकालो लागेका छन्।

यता कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै १३.२६ प्रतिशतले घटेको छ। बोटलर्स नेपाल बालाजु ३ प्रतिशत तथा कुथेली बुखरी हाइड्रोपावर २.०७ प्रतिशतले घटेका छन्।

आज सबैभन्दा बढी कारोबार हुने कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत्, अपी पावर, रिडी पावर र नेसनल हाइड्रोपावर रहेका छन्।

प्रकाशित मिति: बुधबार, जेष्ठ ६, २०८३

 

 

ताजा अपडेट