सुनकोसी न्यूज
जेष्ठ ५ गते, मंगलबार
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले आज पनि विरोध प्रदर्शन जारी राखेको छ । पार्टीका सांसदहरूले बैठक सुरु हुनेबित्तिकै प्लेकार्ड देखाएर आफ्नो असन्तुष्टि जनाएका हुन् ।हर्क साम्पाङ सहितका सांसदहरूले संसद् बैठकमा उभिएर विरोध जनाएका थिए । उनीहरूले प्रधानमन्त्री बालेन शाह संसद्प्रति उत्तरदायी हुनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन् ।
बैठकको सुरुमै विरोध भएपछि सभामुख डोलप्रसाद अर्याल ले उक्त विषयमा आफ्नो ध्यानाकर्षण भएको बताएका थिए । त्यसपछि श्रम संस्कृति पार्टीका सांसदहरू बसेका थिए र संसद् बैठकको कारबाही अघि बढाइएको थियो ।यसअघि सोमबार बसेको प्रतिनिधिसभा बैठकमा पनि श्रम संस्कृति पार्टीले प्लेकार्डसहित विरोध जनाएको थियो । पार्टीले पछिल्ला दिनमा संसद्मा निरन्तर रूपमा आफ्ना माग उठाउँदै आएको छ ।














Add Comment