सुनकोसी न्यूज
जेष्ठ १ गते शुक्रबार
काठमाडौं । देशका अधिकांश सहरमा आज दिउँसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार पश्चिमदेखि पूर्वसम्मका धेरैजसो क्षेत्रमा बदली भई वर्षा हुने देखिएको हो।
पूर्वानुमान अनुसार डडेल्धुरा, दिपायल, धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, जुम्ला, घोराही, सिमरा र विराटनगरमा हल्का वर्षा हुने सम्भावना रहेको छ। यस्तै पोखरा, काठमाडौं, ओखलढुङ्गा, धनकुटा, जोमसोम, धरान, जनकपुर, जिरी र ताप्लेजुङमा मध्यम वर्षासहित मेघगर्जन र चट्याङ पर्ने अनुमान गरिएको छ।
आज दिउँसो सबैभन्दा बढी वर्षाको सम्भावना ताप्लेजुङमा ६० प्रतिशत रहेको छ। पोखरा, ओखलढुङ्गा र धनकुटामा ४० प्रतिशत वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। भैरहवामा भने आज पानी पर्ने सम्भावना नरहेको र आंशिक बदली मात्रै रहने जनाइएको छ।
तापक्रमका हिसाबले दिपायल, धनगढी, नेपालगञ्ज र जनकपुर सबैभन्दा तातो रहने अनुमान गरिएको छ। ती क्षेत्रमा अधिकतम तापक्रम ३३ देखि ३५ डिग्री सेल्सियससम्म पुग्न सक्ने पूर्वानुमान छ।रातिको समयमा पश्चिमी तथा तराई क्षेत्रका केही सहरमा मौसम क्रमशः खुल्नेछ। डडेल्धुरा, दिपायल, धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, जुम्ला, घोराही, भैरहवा र सिमरामा राति पानी पर्ने सम्भावना नरहेको जनाइएको छ।
तर, काठमाडौंसहित मध्य र पूर्वी क्षेत्रका पोखरा, ओखलढुङ्गा, धनकुटा, विराटनगर, धरान, जनकपुर, जिरी र ताप्लेजुङमा भने रातिसम्म पनि मेघगर्जनसहित वर्षाको सम्भावना कायम रहने मौसम विभागले जनाएको छ।रातिको समयमा धनकुटा, विराटनगर, धरान र ताप्लेजुङमा ४० प्रतिशत वर्षाको सम्भावना रहेको छ भने जुम्लाको न्यूनतम तापक्रम ७ देखि ९ डिग्री सेल्सियससम्म झर्ने अनुमान गरिएको छ।

















Add Comment