सुनकोसी न्यूज
चैत २५ गते बुधबार
काठमाडौं । सरकारले इन्धनको मूल्य वृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा दर बढाउने तयारी गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई भाडा समायोजन गर्न सहमति दिइसकेको छ।
मन्त्रालयको सहमतिअनुसार विभागले आजै नयाँ भाडा दर निर्धारण गर्ने तयारी गरेको उच्च स्रोतले जनाएको छ। इन्धनको मूल्य वृद्धि अनुसार नै भाडा समायोजन गर्न लागिएको जनाइएको छ।
प्रस्तावित नयाँ दरअनुसार यात्रुबहाक सवारीसाधनमा १६.७१ प्रतिशत भाडा वृद्धि हुने भएको छ। यस्तै, पहाडी क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारीमा २१.६८ प्रतिशत र तराई क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारीमा १५.७५ प्रतिशत भाडा बढाउने सहमति भएको छ।
सरकारको यो निर्णय कार्यान्वयनमा आएपछि दैनिक आवतजावत गर्ने यात्रु तथा ढुवानी क्षेत्र दुवैमा प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ।

















Add Comment