सुनकोसी न्यूज
चैत ९ गते सोमबार
काठमाडौं । नेपाल वायुसेवा निगम ले काठमाडौं–दुबई रुटमा थप दुई विशेष उडान सञ्चालन गर्ने भएको छ।
निगमका अनुसार काठमाडौंबाट दुबईका लागि २५ र २७ मार्चमा उडान तय गरिएको छ। यी उडानहरू स्थानीय समय अनुसार राति ११:१५ बजे काठमाडौंबाट प्रस्थान गर्नेछन्। त्यसैगरी, दुबईबाट काठमाडौंका लागि क्रमशः २६ र २८ मार्चमा फर्किने उडान हुने छ।
निगमले जनाएको अनुसार २८ फेब्रुअरीदेखि मार्चसम्म टिकट लिएका तर यात्रा गर्न नसकेका यात्रुलाई प्राथमिकता दिइनेछ। साथै, २५ र २७ मार्चका उडानमा अत्यावश्यक यात्रा गर्नुपर्ने यात्रुले पुनः टिकट प्रमाणीकरण (revalidation) गरेपछि मात्र यात्रा गर्न पाउने व्यवस्था गरिएको छ।
सिट उपलब्धताका आधारमा ‘पहिले सम्पर्क गर्ने यात्रु’ लाई प्राथमिकता दिइने निगमले स्पष्ट पारेको छ।

















Add Comment