अर्थ/विजनेस समाचार

सुनको भाउमा भारी गिरावट : तोलामा ७,८०० रुपैयाँ घट्दै ३ लाखमुनि

सुनकाेसी न्यूज

चैत्र ६ गते शुक्रबार

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ७ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन सुनको भाउ प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँ रहेको थियो। लगातारको गिरावटपछि सुनको मूल्य पुनः ३ लाख रुपैयाँभन्दा तल झरेको हो।

चाँदीको भाउ पनि घटेको छ। शुक्रबार चाँदी प्रतितोला ११५ रुपैयाँले सस्तो हुँदै ४ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदीको मूल्य ५ हजार १० रुपैयाँ थियो।

यसअघि गत माघ १५ गते सुनचाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। सो दिन सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदी ७ हजार ५०५ रुपैयाँ कायम भएको थियो।

हालको मूल्यसँग तुलना गर्दा सुनको भाउ रेकर्ड स्तरबाट झन्डै ४५ हजार रुपैयाँले घटिसकेको छ, जसले बजारमा केही राहत महसुस गराएको छ।

प्रकाशित मिति: शुक्रबार, चैत्र ६, २०८२

 

 

ताजा अपडेट