सुनकोसी न्यूज
चैत ६ गते शुक्रबार
काठमाडौं । निर्वाचन परिणाम सार्वजनिक भएसँगै अर्थमन्त्री रामेश्वर खनाल ‘कुलिङ पिरियड’मा प्रवेश गरेका छन्। उनले बिहीबारदेखि अर्थ मन्त्रालयको दैनिक कामकाजमा सहभागी नहुने घोषणा गरेका हुन्।
निर्वाचनको मत परिणामसम्बन्धी प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस भएसँगै खनालले सक्रिय जिम्मेवारीबाट पछि हटेका हुन्। सामाजिक सञ्जालमार्फत उनले आजदेखि ‘कुलिङ पिरियड’ सुरु भएको जनाउँदै आफ्नो नाम जोडेर अनावश्यक हल्ला नगर्न आग्रह गरेका छन्।
अर्थ मन्त्रालयका अनुसार नयाँ मन्त्री नियुक्त नभएसम्म नीतिगत निर्णयहरू रोकिनेछन् भने नियमित प्रशासनिक काम भने यथावत् रहनेछ। मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेले बजेट निर्माण प्रक्रिया प्रभावित नहुने स्पष्ट पारेका छन्।
सरकार अहिले आगामी आर्थिक वर्षको बजेट तयारीमा जुटिरहेको छ। मन्त्रीस्तरीय निर्णय स्थगित भए पनि प्राविधिक तथा प्रशासनिक काम निरन्तर अघि बढ्ने मन्त्रालयले जनाएको छ।

















Add Comment