अर्थ/विजनेस समाचार

सुनको मूल्य बढ्यो, चाँदीमा सामान्य वृद्धि

सुनकोसी न्यूज
चैत २, सोमबार

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको नयाँ दरअनुसार दुवै धातुको मूल्यमा हल्का परिवर्तन देखिएको हो।

महासङ्घका अनुसार सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ५०० रुपैयाँ तोकिएको छ। आइतबार भने सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ४०० रुपैयाँ कायम रहेको थियो। यसअनुसार सोमबार सुनको मूल्य १०० रुपैयाँले बढेको हो।

त्यस्तै, सोमबार चाँदीको मूल्य प्रतितोला ५ हजार २७० रुपैयाँ कायम भएको छ। आइतबार चाँदीको मूल्य ५ हजार २६५ रुपैयाँ रहेको थियो। यसले चाँदीको मूल्य पनि ५ रुपैयाँले वृद्धि भएको देखाउँछ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढाव तथा माग–आपूर्तिको अवस्थाका आधारमा नेपाली बजारमा सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुने गर्दछ।

प्रकाशित मिति: सोमवार, चैत्र २, २०८२

 

 

ताजा अपडेट