अन्तर्वार्ता/विचार अर्थ/विजनेस कृषि पत्रपत्रिकाबाट बागमती ब्यानर न्युज मुख्य समाचार समाचार

बक्यौता नतिर्नेको निवासको समेत लाइन काट्ने तयारी

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता नतिरेका उद्योगी तथा सञ्चालकका घरको समेत लाइन काटेर बक्यौता असुल गर्न विद्युत् नियमन आयोगसँग सहमति मागेका छन् ।
डेडिकेटेड फिडर र ट्रंकलाइनबाट बिजुली लिएर प्रिमियम महसुल नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न, सेयर रोक्का गर्न र सेयर जारी गर्ने अनुमति रोक्का गर्न सम्बन्धित निकायलाई बुधबार पत्रचार समेत गरिएको छ ।

बक्यौता नतिर्ने उद्योगको नेपाल राष्ट्र बैंकलाई खाता रोक्का गर्न, सेयर रोक्का गर्न कम्पनी रजिस्ट्रारको कार्यालय र सेयर जारी गर्न अनुमतिमा रोक लगाउन धितोपत्र बोर्डलाई अनुरोध गरिएको छ ।

विद्युत् वितरण विनियमावली, ०७८ को विनियम ३१ को उपविनियम १ र उपविनियम ३ अनुसार बक्यौता महसुल असुलउपर गर्ने दायित्वअनुसार प्राधिकरणले बक्यौता महसुल नतिरेका संस्था वा कम्पनीका सञ्चालकका आवासको समेत लाइन काटी बक्यौता असुल गर्नुपर्ने व्यवस्थाबारे पनि आयोगलाई प्रस्ट गरेको छ ।

प्रकाशित मिति: बिहिबार, मंसिर १३, २०८१