मुख्य समाचार समाचार

विकल र सफललाई ३ करोड ४२ लाख जरिवानासहित ८ बर्ष कैद !

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90?

काठमाडौं—विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठलाई भ्रष्टचारको दोषी ठहर गरेको छ । पौडेल र श्रेष्ठलाई जनही आठवर्ष कैद र तीन करोड ४२ लाख २२ हजार आठसय रुपैयाँ बिगो र सोही बराबर जरिवाना निर्धारण गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीश खुशीप्रसाद थारु र रितेन्द्र थापा संयुक्त इजलासले बिहीबार अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचार मुद्दामा निजहरूलाई दोषी ठहर गर्दै पौडेल र श्रेष्ठलाई उक्त सजाय निर्धारण भएको हो ।

अदालतले पौडेल र श्रेष्ठलाई गत कात्तिक १४ गते दोषी ठहर गरेको थियो । अन्तःशुल्क स्टिकर छपाइको भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन मुख्यसचिव वैकुण्ठ अर्यालसहितलाई सफाइ दिने समेत सुनाएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असार ९ गते १२ जनाविरुद्ध दायर गरेको मुद्दामा अन्तःशुल्क स्टिकर खरिदमा अनियमितता गरेको कसुरमा ३८ करोड ६७ लाख १७ हजार छ सय ४० रुपैयाँ बिगो असुल गर्न माग दाबी गर्दै विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।

 

प्रकाशित मिति: बिहिबार, मंसिर १३, २०८१