Uncategorized पत्रपत्रिकाबाट मुख्य समाचार रोचक समाचार साहित्य

सुशीला पौडेलका सशक्त चार मुक्तक

मुक्तक 🌺🌺🌺
आँखामा राखेको मान्छे नजरबाट खसेपछि के लाग्छ
मुटुको आँगन छोडी जस्केलोतिर पसेपछि के लाग्छ
विश्वास भएरै हुन्छ हृदयको संवाद मनमिल्ने बनिन्छ
घोलेर विषादी सधैँ सर्पले जस्तै डसेपछि के लाग्छ।
🌺🌺🌺 मुक्तक 
तिम्रो साथमा मात्रै बाँच्नुको मीठो लय हुन्छ
तिमी समीप हुँदा मेरो जीवन प्रेममय हुन्छ
मन निर्धक्क भइ आपार आनन्दमा डुब्छ
नत्र जिउँदै बस्न सकस हुन्छ धेरै भय हुन्छ।
🌺🌺🌺 मुक्तक
हरेक पल साथै होस् भन्ने चाहनाले रुवाउँछ
उसले गर्ने कति कति झुटो बाहनाले रुवाउँछ
अचेल मन यति छिटो रुन्छ बुझाउन गाह्रो हुन्छ
बिर्सदा कस्तो होला कुन्नि मलाई सम्झनाले रुवाउँछ ।
🌺🌺🌺 मुक्तक
कसरी हुन्छ न्यानो घाम परदेशी भयो
उजाड छन् खेती काम परदेशी भयो
अधीन हुन्छ अरूकै छैन आफ्नो भन्ने
रावण बन्यो देउता राम परदेशी भयो ।
प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१