अर्थ/विजनेस समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफर सम्मानित

काठमाडौं । बढी कर बुझाउने सिटी एक्सप्रेस मनी टान्सफरलाई करदाता कार्यालयले सम्मान गरेको छ । मध्यमस्तरीय करदाता कार्यालयमा आयोजित करदातासँगको अन्तरक्रिया कार्यक्रममा प्रमुख कर प्रशासक पार्वती शर्माले सिटी एक्सप्रेसका अध्यक्ष चन्द्र टण्डनलाई सम्मानित गर्नु भएको हो । सम्मानका क्रममा कार्यालयको तर्फबाट शर्माले अन्य सम्पूर्ण करदाताले समेत सिटी एक्सप्रेस जस्तै समयमा कर तिर्ने करदाताको पहिचान बनाउन आग्रह गर्नु भयो।
कार्यक्रममा कर दातालाई इमान्दार भएर कर तिर्न कार्यालयको तर्फबाटअनुरोध गर्दै कर शिक्षा , वक्यौता असुली र आर्थिक ऐन २०८१ ले दिएका सुविधा बारे छलफल भएको थियो । सिटी एक्सप्रेसका अध्यक्ष चन्द्र टण्डनले कर तिर्नु करदाताको दायित्व मात्र नभएर कर्तब्य पनि भएको र सबैले पारदर्शी रूपमा कर तिरी समृद्ध नेपाल बनाउन सहयोग गर्नको लागी सम्पूर्णलाई अनुरोध पनि गर्नु भयो । साथै मध्यमस्तरिय करदाता कार्यलयले व्यवसायीमैत्री काम गरेकोमा धन्यवाद दिनु भयो ।
मध्यमस्तरिय करदाता कार्यालयमा सिटी एक्सप्रेस, रेमिट्यान्स कम्पनीहरु मध्ये सबैभन्दा बढी कर बुझाएपछि उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको हो । आर्थिक वर्ष २०७९/८० को आय विवरण अनुसार रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्ये सिटी एक्सप्रेस धेरै कर तिर्ने कम्पनी हो ।
कम्पनीलाई मंसिर १ गते शनिबार राष्ट्रिय कर दिवस–२०८१ को अवसरमा आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सम्मान गरेको थियो ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै १८ वर्षदेखि संसारभरबाट नेपालमा पैसा भित्र्याउन रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा समेत सुचारु गरेको छ । सिटी पेबाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१