काठमाडौँ । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले आफ्नो कार्यकालमा पुँजी बजारलाई नयाँ उचाईमा पुराउने प्रतिवद्धता जनाएका छन् । मंगलबार अर्थमन्त्री विष्णु पौडेलबाट पद तथा गोपनियताको शपथ लिदै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
‘मैले पाएको जिम्मेवारीलाई अवसरमा परिणत गर्दै नेपालको पुँजी बजारलाई नयाँ उचाईमा पुर्याउने प्रण गर्दछु ।’ उनले भने, ‘ बजार विस्तार गर्न धेरै चुनौति छन्, ती देखिएका समस्या समाधान गर्दै अघि बढ्छु ।’
नेपाली पुँजी बजारको दायरा अझै बढाउन सकिने उनले बताए । उनले भने, पुँजी बजारको दायरा बढाउनु आवश्यक रहेको छ । पुँजी बजारको सिद्दान्त बमोजिम राष्ट्र हित र आर्थिक विकासका पुँजी बजारलाई प्रयोग गर्ने सकिन्छ ।‘
श्रेष्ठले लगानीकर्ताको लगानी सुरक्षा मेरो भुमिका रहने दाबी गरे । ‘मेरो पहिलो प्राथमिकता पारर्दशिता हो । सरकार समक्ष आफ्नो कार्ययोजना प्रस्तुत गरेको छु त्यहि अनुसार पुँजी बजार सुधारका लागि लाग्ने छु ।’
Add Comment