सुनकोशी न्युज
२०७७ भाद्र २० गते शनिवार
काठमाडौं – विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणबाट नेपालमा ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार मृत्यु हुनेमा ३ जना महिला र ६ जना पुरुष रहेका छन् ।
मृत्यु हुनेमा मोरङ्ग, मकवानपुर र नवलपरासीका महिलाहरु रहेका छन् भने काठमाडौं र रुपन्देहीका पुरुष रहेका छन् ।
यससँगै नेपालमा कोरोना सँग सम्बन्धित कारणले मृत्यु हुने को सङ्ख्या २ साय ८० पुगेको छ ।
Add Comment