बागमती हेडलाईन न्युज

निस्संक्रामक औषधि छर्किन आज दिउँसो १० वटा बढी ट्याङ्कर परिचालन गर्दै महानगर : बिहान ३ वटाले औषधि छर्किए

काठमाडौं, १३ चैत्र  । सार्वजनिक स्थललाई कीटाणुमुक्त बनाउन महानगरले कीटनाशक औषधि छर्किने कामलाई तीब्र बनाएको छ । यस क्रममा आज बिहान ३ वटा जेटले औषधि छरे । तीनवटामध्ये एउटा बबरमहल, बानेश्वर, तीनकुने, सिनामंगल क्षेत्रमा खटिएको थियो भने अर्को जमल, लाजिम्पाट, पानीपोखरीहुँदै महाराजगञ्ज् क्षेत्रसम्म पुगेको थियो । अर्कोलाई बसन्तपुर आसपास क्षेत्रमा केन्द्रीत गरिएको थियो ।

नगर प्रहरी महाशाखा प्रमुख नगर प्रहरी नायव उपरीक्षक धनपति सापकोटाका अनुसार आज दिउँसोबाट महानगरका उपकरणसहित निजी क्षेत्रले सञ्चालनमा ल्याएका ट््याङ्कर परिचालन गरिनेछन् । ४० हजार लिटर पानीमा १४० लिटर क्लोरिन राखेर सार्वजनिक स्थलमा छर्किने आजको योजना रहेको नायव उपरीक्षक सापकोटाको भनाइ छ ।
बाक्लो बस्ती भएका क्षेत्र, अत्यावश्यक सामाग्री लिन चहलपहल धेरै हुने र अस्पताल क्षेत्रलाई प्राथमिकतामा राखेर सकेसम्म सेवालाई सहरभरि पु¥याउने रणनीतिका आधारमा काम भइरहेको उहाँको भनाइ छ ।

हिजो वीर अस्पताल, टेकु अस्पतालसहित भित्रि सहरका असन, इन्द्रचोकसँगै कालीमाटी तरकारी बजारलगायतका स्थानमा कीटाणुशोधन/निस्संक्रामक औषधी छर्किएको थियो । यससँगै बु्रमरको प्रयोगले सडक सफा गर्ने र पानीले पखाल्ने काम पनि भइरहेको छ ।-चन्द्रमणी भट्टराई

प्रकाशित मिति: बिहिबार, चैत्र १३, २०७६