बागमती समाचार

शिव अनुरागको नेतृत्वमा २५ सदस्यीय सांस्कृतिक महासंघ, प्रदेश नं. ३ गठन

काठमाडौ । समाजवादी सांस्कृतिक महासंघ अन्तर्गत प्रदेश नं. ३ को समायोजन तथा घोषणा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सांस्कृतिक महासंघका केन्द्रीय उपाध्यक्ष तथा संयोजक रमेश खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो । शिव अनुरागको नेतृत्वमा २५ सदस्यीय सांस्कृतिक महासंघ, प्रदेश नं. ३ गठन भएको छ । अध्यक्ष शिव अनुराग, उपाध्यक्षहरु क्रमशः लक्ष्मी तामाङ, टेक पौरखी राई र भिम लामा, मुख्य सचिव मनिष श्रेष्ठ, सचिव दावा लामा, कोषाध्यक्ष कैलाश मगर, सहकोषाध्यक्ष शान्त बहादुर तामाङ र सदस्यहरु लगायतको कार्यसमिति निर्माण भएको छ ।
समायोजन घोषणा कार्यक्रमका प्रमुख अतिथि तथा वक्ता राजेन्द्र प्रसाद श्रेष्ठले नवगठित कार्यसमितिलाई बधाई दिदै समाजवादी पार्टीको दृष्टिकोणलाई आम जनताबीच पु¥याउन कार्यसमितिले उल्लेखनीय भूमिका खेल्न सकोस भनी शुभकामना मन्तव्य व्यक्त गुर्न हुदै नेकपाको सरकारले देशमा बहुमतको दम्भले मात्तिएर देशमा झनझन अराजकताको वातावरणलाई प्रसय दिने कार्य गरिरहेको बताउनु भयो । देश र जनताको हित समाजवादले मात्र सम्भव हुने बताउदे देश र जनताका लागि आवश्यक संघीयता, सुशासन, समृद्धि र समाजवाद अब समाजवादी पार्टीबाट मात्र सम्भव भएको समेत बताउनुभयो ।
सभापति रमेश खड्काले कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केही शिर्ष नेता र केन्द्रीय सदस्यहरुले संस्कृतिक क्षेत्रलाई गाईने र मगन्तेको दृष्टिकोणले हेर्ने गरेको भन्दै आरोप लगाउनु भएको थियो । समाजको जनचेतनालाई परिवर्तन गर्नसक्ने सासंकृतिक क्षेत्रलाई गाईनेको रुपमा हेर्ने दृष्टिकोण पार्टीका लागि दुभाग्यपूर्ण हुनसक्ने समेत औंल्याउदै पार्टीको नारा संघीयता, सुशासन, समृद्धि र समाजवाद संस्कृतिक क्षेत्रबाट मात्र सम्भव हुनसक्ने ठोकुवा समेत गर्नु भएको थियो । सभापति खड्काले संस्कृतिक क्षेत्रलाई गाईने र मगन्तेको दृष्टिकोणले हेर्ने त्यस्ता नेता र केन्द्रीय सदस्यहरुलाई आफ्नो दृष्टिकोण बदल्न आग्रह समेत गर्नु भएको थियो । त्यसैगरी पार्टीका महासचिव गंगा नारायण श्रेष्ठ, उपमहासचिव डम्बर खतिवडाले पनि शुभकामना मन्तव्य राख्नु भयो । सांस्कृतिका महासङ्घका केन्द्रीय अध्यक्ष घनराज सुब्बाले शपथ ग्रहण गराउनु भयो । गीत र कविता वाचन सहित सम्पन्न समायोजन कार्यक्रम भव्य रुपमा सफल भएको जानकारी आयोजकले गराएको छ ।

प्रकाशित मिति: बुधबार, माघ २९, २०७६