खेल हेडलाईन न्युज

वीरबहादुर महराले तेक्वान्दोमा जिते स्वर्ण, नेपालको स्वर्ण २३ पुग्यो

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले तेक्वान्दोबाट स्वर्ण जित्ने क्रम जारी छ।तेक्वान्दो प्रतिस्पर्धाको दोस्रो दिन दोस्रो स्वर्ण जित्ने क्रममा वीरबहादुर महराले फाइटको ६८ केजीमुनि तौल समूहमा उत्कृष्ट प्रदर्शन गरे।

उनले फाइनलमा पाकिस्तानका महम्मद फहिमलाई ४१-३६ अंकले पराजित गरे।त्यसअघि उनले सेमिफाइनलमा भारतका पृथ्वीराज चौहानलाई पराजित गरेका थिए।यसअघि मंगलबार काजल श्रेष्ठले पनि तेक्वान्दोबाट स्वर्ण दिलाएकी थिइन्।

मंगलबार नेपालले तेक्वान्दोबाट २, कराँतेबाट २, उसुबाट २, एथ्लेटिक्सबाट १ र ट्रायथलनबाट १ स्वर्ण गरी ८ स्वर्ण जितेको छ।योसँगै नेपालको स्वर्ण संख्या २३ पुगेको छ।

प्रकाशित मिति: मङ्लबार, मंसिर १७, २०७६

 

 

ताजा अपडेट