स्थानीय

लायन्स क्लब जोन २७ को बैठक सम्पन्न

काठमाडौं । लायन्स क्लब अफ ईन्टनेशनल ३२५ ए २ अन्र्तरगत जोन २७ की जोन चियर पर्सन लायन लक्ष्मी महत अध्यक्षमा पहिलो जोन बैठक भव्यरुपमा सम्पन्न भएको छ । लायन महत अन्र्तरगत रहेका लायन्स क्लव अफ काठमाडौं फिलोशिफ, लायन्स क्लव नेपाल जोर्नालिष्ट, लायन्स क्लव मेलम्ची, लायन्स क्लव नेपाल हिमालय रहेका छन । २०१९ र २०२० को लागि जोन चियर पर्सन लायन लक्ष्मी महत जोन अध्यक्ष भएको क्लवले यस पटक शुरुमै आफ्नो पहिलो बैठक सम्पन्न गरेको हो ।
उक्त जोन बैठक ३२५ ए २ डिष्ट्रिक्ट गर्भनर शोभा जोशीको प्रमुख अतितिथ्यमा पीएमसीसी लायन ई.कामुदिन, पीडिजी लायन कृष्णप्रसाद अवाल, पीडिजी लायन्स विजु वज्रचार्य, पीडिजि लायन्स मधुकर कुमार उपाध्याय, अतिथिहरुमा डिष्ट्रिक्ट प्रथम भाईस गर्भनर लायन डा.शुशिला मल्ल, सेकेण्ड भाईस गर्भनर लायन केशव पाण्डे र लायन्स उत्तम कुमार झा, लगायत लायन्स लिडरहरुको उपस्थिति रहेको थियो ।
उक्त बैठकलाई पीएमसीसी लायन ई.कामुदिन, पीडिजी लायन कृष्णप्रसाद अवालले संबोधन गर्नु भएको थियो भने पीडिजी लायन्स विजु वज्रचार्य, पीडिजि लायन्स मधुकर कुमार उपाध्याय र लायन्स उत्तम कुमार झाले प्रशिक्षण समेत दिनु भएको थियो । सो अवसरमा रिजन चियर पर्शन कृष्णज्योति शाक्यले चारवटा क्लहरुवलाई सामुहिक रुपमा काम गर्नका लागि रु. दुई लाखको आर्थिक सहयोग गर्ने घोषणा समेत गर्नु भएको छ । त्यसै गरि डिस्ट्रिक्ट एडिस्नल सेक्रेट्री लायन भरत प्रसाईले लायन्सका नेताहरुले क्लवका कुराहरु सुन्नु भन्दा पनि धेरै कार्यक्रममा सहभागिता जनाउने काम नगरेको गुनासो समेत गर्नु भएको थियो । उहाँले गर्भनर र अन्य लिडरहरुले बैठकमा आफ्ना कुरा राख्ने र हिडिहाल्ने प्रथाको अन्त्ये कहिले होला भनेर प्रश्न समेत गर्नु भएको थियो ।

प्रकाशित मिति: मङ्लबार, भदौ २४, २०७६