स्थानीय

सिन्धुली अस्पतालमा डाक्टर छैनन्, तोकिएका पनि गएनन्

सुनकोशी न्युज, २०७६ भाद्र १५ गते शनिबार ८ः४० मा
जिल्ला अस्पताल सिन्धुलीमा दरबन्दी अनुसार डाक्टर नहुँदा बिरामी मर्कामा परेका छन् । लामो समयदेखि सिन्धुलीमा दरबन्दी अनुसार खटिएका वालविशेषज्ञ लगायत जेनेरल सर्जन समेत अस्पता पुगेका छैनन् । गत वैशाषमै सिन्धुली अस्पताल पठाइएका उनीहरु अहिलेसम्म गएका छैनन् । सिन्धुली प्रतिनिधिसभा क्षेत्र नं. २ का सांसद माननीय हरिवोल गजुरेल, गणेश पहाडी, प्रदेश सांसद विनेद खड्का, राजन दाहाल, प्रदीप कटुवाल, अस्पताल सचालक समितिका अध्यक्ष प्रल्हाद पोखरेल लगायतले पटक–पटक मन्त्री र सचिवलाई भेटेर यसबारे जानकारी गराई समस्याको समाधान गर्न अनुरोध गर्दा समेत मन्त्रालयले टेरपुच्छार नलगाएको अध्यक्ष पोखरेलको गुनासो छ । अस्पतालमा डाक्टर नजाँदा विरामीको सामान्य उपचार समेत हुन नसकेको गुनासो छ । एक्स रे र भिडियो एक्स रे गर्ने रेडियोलोजिष्ट पनि गएका छैनन् ।
असंघीय संरचना अनुसार जिल्ला अस्पतालहरु प्रदेश माताहत रहने भएता पनि समायोजनमा संघ रोजेका डाक्टर र कर्मचारीलाई आवश्यकता अनुसार मन्त्रालयले खटाउने गर्छ । आवश्यकता अनुसार मन्त्रालयले करारमा पनि डाक्टर पठाउन सक्ने व्यवस्था रहेको छ ।
यही विषयमा अस्पतालका डाक्टर र संचालक समितिबीच केही मनमुटाव समेत भएको बताइएको छ ।
आज सिन्धुली जिल्ला अस्पतालका अध्यक्ष प्रल्हाद पोखरेल सहित सिन्धुलीका केही सरोकारवालाहरुको एक टोली आज स्वास्थ्य मन्त्रालयमा डेलिगेसन गएको छ । टोलीले दरबन्दीका डाक्टर तुरून्तै पठाउन अनुरोध गरेको रमेश कार्कीले बताए । ‘मन्त्रालयका दुबैजना मन्त्री, दुबैजना सचिव, सम्वन्धित सहसचिव र उपसचिवले प्रदेश सरकारको थाप्लोमा डोरी राखेर पिङ् खेले । तैपनि तुरून्तै पठाउने कोशिस गर्ने आश्वसन दिएको छ’ सिन्धुली काठमाण्डौं सम्पर्क मञ्चका अमर थापामगरले बताए ।

प्रकाशित मिति: आइतवार, भदौ १५, २०७६