सुनकोशी न्यूज
मंसिर ११ गते, शुक्रबार ।
काठमाडौं। तलब वृद्धि, पेन्सन तथा स्वास्थ्य र शिक्षा क्षेत्रमा बजेट बढाउनुपर्ने माग गर्दै ग्रीसमा गरिएको २४ घण्टे राष्ट्रव्यापी हडतालका कारण यातायात र सार्वजनिक सेवा प्रभावित भएका छन्।
बुधबार भएको हडतालमा राजधानी एथेन्ससहित विभिन्न सहरमा हजारौँ श्रमिकले प्रदर्शन गरेका थिए। उनीहरूले तलब वृद्धि, कटौती गरिएको १३औँ र १४औँ महिनाको तलब पुनःस्थापना तथा महँगी नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्।
हडतालका कारण मेट्रो, रेल, ट्राम र फेरी सेवा प्रभावित भएका थिए भने कर्मचारीको आन्दोलनका कारण थुप्रै आन्तरिक हवाई उडान रद्द भएका थिए। विद्यालय, अस्पताल तथा सरकारी सेवासमेत प्रभावित बनेका थिए।श्रमिक संगठनहरूले विद्युत् तथा इन्धनको मूल्य घटाउन, अत्यावश्यक वस्तुमा मूल्य सीमा तोक्न र बढ्दो आवास संकट समाधान गर्न पनि सरकारसँग माग गरेका छन्।

















Add Comment