सुनकोसी न्युज
काठमाडौं । नेपाल आयल निगमले इन्धनको अत्याधिक मूल्य बढाएर जनताको ढाड सेकाउनुलाई निगमको घाटा र अन्तर्राष्ट्रिय मूल्य समायोजन देखाएर सही प्रमाणित गर्ने काेसिस गरिरहन्छ। तर जनताले तिरेको करबाट जनताकै हितमा काम गर्ने हुँदा जनता मर्कामा परेको बेला विभिन्न शीर्षकमा इन्धनमा लगाइएको कर हटाएर जनतालाई राहत दिने विषयमा निगम र सरकार उदासीन देखिन्छन् । जसका कारण सरकार...
समाचार
सुनकोसी न्युज
काठमाडौं, १० जेठ । नेपाल सररकाले आगामी आर्थिक वर्ष २०७९/८० काे लागि नीति तथा कार्यक्रम सर्वाजनक गरेको छ । आज मंगलबार संघिय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।
६६ पृष्ठ लामो नीति तथा कार्यक्रमको अधिमा रहेर सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने छ । सरकारले आगामी आर्थिक...
सुनकोसी न्युज
सिन्धुली । सिन्धुलीका ९ वटा पालिकामध्य दुईवटामा महिला प्रमुख पदमा निर्वाचित भएका छन् भने दुईवटामा उपप्रमुख निर्वाचित भएका छन् ।
सुनकोसी गाउँपालिकामा एमालेका राेमन गिरिलाई हराउँदै नेकपा माओवादी केन्द्रकि दिपा बाेहरा दाहाल अध्यक्ष पदमा निर्वाचित भएकी छिन्। उनी निवर्तमान अध्यक्ष पनि हुन्। त्यसबेला कांग्रेस र एमाले दुबैसँग प्रतिस्पर्धा गरेकी थिइन् । यसपटक...
सुनकोसी न्युज
सिन्धुली, फिक्कल । फिक्कल गाउँ पालिका वडा नम्बर ३ खुरहरिमा गठबन्धनका कार्यकर्तामाथि एमालेका उदण्ड नेताहरूले आक्रमण गरेका छन् ।
एमालेबाट पालिका अध्यक्षमा उम्मेदवारी दिएकी पार्वती सुनुवारकाे नेतृत्वमा गएको समूहले गठबन्धनका स्थानीयलाई मरणासन्न हुनेगरी आक्रमण गरेका हुन्।
हिजो वैशाख २८ गते राति दुई पक्षका कार्यकर्ता बाटो हिडिरहेका बेला भएको सामान्य...
सुनकोसी न्युज
मिति : २०७९ वैशाख २३ गते शुक्रबार ।
काठमाडौं । बुढानिलकण्ठ वडा नं १० माओवादीमय भएको छ। गत स्थानीय चुनावमा एमालेले जितेको बुढानिलकण्ठ १० मा यो स्थानीय चुनावमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको स्थानीयबासी बताउँछन् ।
मेयर र वडा अध्यक्ष सबै एमालेले जितेको र सांसद कांग्रेसले जितेको ठाउँ भए पनि कसैले विकास र जनताको लागि केही काम नगरेको घरदैलोमा जाँदा जनताले...
सुनकोसी न्युज
मिति २०७९ वैशाख २२ गते बुधबार ।
काठमाडौं । काठमाडौं महानगर पालिका वडा नं १ काे चुनावी माहोल यसपटक बदलिएको वडावासीले बताउन थालेका छन् । वडाको चुनावी माहोल बदलिनुमा यहाँ त्यस्तो अचम्मै चमत्कार त भएको छैन, तर स्थानीय जुझारु समाजसेवी युवा उम्मेदवार साैरभ दवाडीकाे इन्ट्रीले यो माहोल बनेको हाे। वडामा जुझारु तथा सशक्त युवाले स्थानीय सत्ताको नेतृत्व लिन अग्रसर भएको...
सुनकोशी न्युज
२०७९ बैशाख ११ गते आइतवार
काठमाडौँ — काठमाडौँ महानगरको मेयर पदका स्वतन्त्र उम्मेद्धवार बालेन शाहले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् । आइतबार उम्मेदवारी मनोनयनअघि शाहले २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
शाहले आफ्नो प्रतिबद्धता पत्रमा काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयको पूर्वाधार, गुणस्तर र वातावरणमा सुधार गर्ने र प्राविधिक...
सुनकोशी न्युज,
सिन्धुली— सिन्धुली जिल्ला फिक्कल गाउँपालिका कोलागि नेकपा एमालेबाट उपाध्यक्ष पदको टिकट पाएका राजु बरालले आफु उक्त पदको लागि उमेद्धवार नबन्ने घोषणा गरेकाछन् ।
आज फेसबुक वाल मार्फत आफ्नो धारणा सर्वजनिक गर्दै उनले लेखेका छन् “ मेरो क्षमताको उच्च मुल्यांकन गर्दै मैले आकांक्षानै नराखेको नेकपा एमाले फिक्कल गउँपालिकाको उपाध्यक्ष पदको उमेद्धारी बनाउने निर्णय...
सुनकोसी न्युज,
सूर्य सुवेदी
सिन्धुली जिल्ला बागमती प्रदेशअन्तर्गतको एक जिल्ला हो । ऐतिहासिक रुपमा अंग्रेजलाई हराउने जिल्लाका रुपमा पनि यो जिल्लाको पहिचान छ । नेपाली जनयुद्धमा पनि सिन्धुली र यहाँका नागरिकको ठूलो भूमिका छ । नेपाली कांग्रेसका नेताहरु वीपी कोइराला, मात्रिका र गिरिजाको जिल्ला भनेर पनि सिन्धुलीलाई चिनिन्छ । कम्युनिष्ट आन्दोलनका पूर्वका तारा भनेर चिनिने ऋषि...
सुनकोसी न्युज
गंगा पौडेल बराल,
२०७९ वैशाख ९ गते शुक्रबार ।
कर्णाली । खस राजा नागराज र उनका सन्तानले करिब तीन सय वर्ष शासन गरेको खसान क्षेत्र यतिखेर आउँदा कर्णाली भइसकेको छ। यसको ऐतिहासकि पहिचान समग्रमा खसान–जडान हो। पछिल्लो समयमा भौगोलिक कर्णाली नदीको नामबाट परिचय पाएको छ। कर्णाली सिंजा सभ्यताको उद्गम पनि हो। यसै क्षेत्रलाई पछिल्लो पटक राज्यको संघीय पुनर्संरचना गर्दा...