अर्थ/विजनेस मुख्य समाचार समाचार हेडलाईन न्युज

सुनको भाउमा ठूलो झट्का: एकैदिन तोलामा ५,४०० रुपैयाँ घट्यो, चाँदी पनि तल

सुनकोसी न्यूज
चैत ५, बिहीबार

काठमाडौं । बिहीबार सुनको भाउमा अचानक ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँ कायम गरेको छ, जुन अघिल्लो दिनको ३ लाख ७ हजार ७ सय रुपैयाँ भन्दा ५,४०० रुपैयाँ कम हो।

सुनको मूल्य केही सातायता निरन्तर घटिरहेको छ। गत माघ १५ गते सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा पुगेर अबसम्मकै उच्च मूल्यमा पुगेको थियो।

त्यस्तै, चाँदीको भाउ पनि तोलामा १४० रुपैयाँ घटेर ५ हजार १० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन यो ५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो। चाँदी पनि माघ १५ गते ७ हजार ५०५ रुपैयाँमा उच्चतम मूल्यमा पुगेको थियो।

विशेष टिप्पणी: विशेषज्ञहरूले सुन र चाँदीको मूल्य अस्थिर रहेको भन्दै लगानीकर्तालाई सतर्क रहन सुझाव दिएका छन्।

प्रकाशित मिति: बिहिबार, चैत्र ५, २०८२

 

 

ताजा अपडेट