नेतृत्व एक्लो दोषी नभएको निष्कर्षसहित विश्वप्रकाश शर्माले कारण प्रस्तुत गर्ने
सुनकोसी न्यूज
चैत्र ५, बिहीबार
काठमाडौं । निर्वाचनमा पराजयपछि नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका गगन थापाको कदमलाई नेपाली कांग्रेसभित्रै रोक्ने तयारी भएको छ।
शुक्रबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने भएको हो।
थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएपछि पार्टीभित्र त्यसबारे छलफल तीव्र बनेको थियो। अब बैठकमा शर्माले निर्वाचन पराजयका कारणहरू प्रस्तुत गर्दै नेतृत्वलाई निरन्तरता दिनुपर्ने धारणा अघि सार्ने तयारी गरेका छन्।
पार्टी स्रोतका अनुसार पराजय कुनै एक व्यक्तिको मात्र नभई समग्र परिस्थितिको परिणाम भएको निष्कर्षसहित राजीनामा अस्वीकृत गर्ने प्रस्ताव अघि बढाइनेछ।

















Add Comment