अर्थ/विजनेस हेडलाईन न्युज

अब नेपालमा पनि ब्ल्याक शार्क !

काठमाडौं । प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क औपचारिक रुपमा नेपाल भित्रिएको छ । नेपालको प्रमुख इलेक्ट्रोनिक्स तथा ग्याजेट मार्केट प्लेस मोबाइलमान्डुले ब्ल्याक शार्क गेमिङ एसेसरिजको मंगलबार लन्च गरेको हो ।

मंसिर ११ देखि १७ गते सम्म गेमिङ र हेल्थ तथा प्रविधिमा चासो राख्ने ग्राहकले यस ब्रान्डका उच्च गुणस्तरीय स्मार्टवाच र इयरबडको वारेमा जानकारी लिन र प्रयोग गर्न सक्ने छन् ।

ब्ल्याक शार्कको नेपाली बजारमा औपचारिक लन्चको अवसरमा सिमित समयका लागि आकर्षक छुट सहित विभिन्न अफर समेत उपलब्ध छ । प्रिमियम एसेसरिजलाई सबैको पहुँचमा पुर्‍याउनका लागि ५० प्रतिशत छुट अफर उपलब्ध छ ।

पहिलो ५० ग्राहकले जीटी ३ नियो स्मार्टवाच र टी ९ इयरबडमा विशेष छुट प्राप्त गर्नेछन् । यी वाहेक शुरुमै एसेसरिज किन्ने ग्राहकलाई ग्याजेटको अनुभव मज्जाले लिन र ब्रान्ड भ्याल्यु बुझाउन सहजताका लागि स्पेसल गिफ्ट ह्याम्पर समेत दिइने छ ।

सहभागीहरुमा उत्साह प्रदान गर्न र पुरस्कृत गर्नका लागि एक ग्रान्ड गिभअवे कार्यक्रम छ । यसमा विभिन्न भाग्यशाली ग्राहकलाई ५० हजार रुपैयाँ मूल्यको ब्ल्याक शार्क प्रोडक्ट उपलब्ध गराइने छ ।

मोबाइलमान्डुले हाल पहिलो चरणमा विभिन्न मोडलका स्मार्टवाच र इयरबड बिक्रीका लागि उपलब्ध गराएको छ । आगामी दिनमा अन्य एसेसरिज समेत उपलब्ध हुनेछन् ।

७ देखि २१ दिन सम्मको ब्याट्री लाइफ भएका यी स्मार्टवाच गेमिङमा प्रयोग गर्न सकिन्छ । यो वाहेक स्पोर्ट्स र हेल्थ चेकअपका लागि समेत विशेष उपयोगी हुनेछन् । त्यसैगरी इयरबडको ब्याट्री लाइफ ४० घण्टा सम्म रहेको छ ।

मोबाइलमान्डु र दराजको सोसल मिडिया प्ल्याटफर्मबाट यी सामग्री खरिद गर्न सकिने छ । हाई पर्फमेन्स गेमिङ एक्सपेरियन्स प्रदान गर्नका लागि ब्ल्याक शार्कले विभिन्न डिभाइस, एसेसरिज र सफ्टवेयर उत्पादन गर्दै आएको छ । सन् २०१७ मा विश्व प्रसिद्ध स्मार्टफोन निर्माता कम्पनी शाओमीको सहायक कम्पनीको रुपमा स्थापना भएको यो कम्पनी हाल स्वतन्त्र रुपमा क्रियाशील छ ।

 

प्रकाशित मिति: मङ्लबार, मंसिर ११, २०८१