समाचार स्थानीय हेडलाईन न्युज

पुरानै गाडी मर्मत गरेर चलाउनु अपराध हाे ? – अध्यक्ष माेक्तान

सुनकोसी न्युज
साउन ६ गते आइतबार, २०८१
सिन्धुली । मरिण गाउँ पालिकाले कुनै पनि फजुल खर्च नगरेको स्पष्ट पारेको छ।

सवारी मर्मत, इन्धन र विविध लगायत खर्च शीर्षकमा पालिकाले अत्यधिक खर्च गरेको आराेप लगाउदै केही संचार माध्यमबाट निरन्तर समाचार प्रकाशित भएपछि उक्त समाचार सत्य नभएको जानकारी दिन पालिका अध्यक्ष विमर्श माेक्तानले साउन ५ गते एक विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

अध्यक्ष माेक्तानले विज्ञप्तिमा ” बिकट भाैगाेलिक अवस्थाका कारण ६ वर्षअघि किनेको स्कारपिओ गाडी थाेत्राे भएको तर नयाँ गाडी किनेर खर्च बढाउनुकाे सट्टा पुरानै गाडीलाई मर्मत गरेर चढ्नु अपराध हाे ?” भनेर प्रश्न गरेका छन् ।

महिन्द्रा गाडीको आधिकारिक सर्भिस सेन्टरले तयार गरेको मर्मत स्टिमेटअनुसार गाडी मर्मत गरिएको उनलेे बताएका छन् । मदनभण्डारी राजमार्गले चिरेर गएको र नगराेन्मुख पालिका भएको कारण स्वभाविक रूपमा खर्च बढ्ने बताउदै उनलेे अनावश्यक फजुल खर्च नगरिएको स्पष्ट पारेका छन् ।
विज्ञप्ति :

प्रकाशित मिति: आइतवार, साउन ६, २०८१

 

 

ताजा अपडेट