अर्थ/विजनेस समाचार हेडलाईन न्युज

बरालको नेतृत्वमा ६ सदस्यीय बजेट लेखन समिति गठन

लसुनकोसी न्युज
चैत्र २७, साेमबार, २०७९
काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट तयार गर्न ६ सदस्यीय समिति गठन गरेको छ ।

मन्त्रिस्तरको आजको निर्णयबाट सहसचिव बरालको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको हो।

समितिको संयोजकमा अर्थ मन्त्रालयका सहसचिव भुपाल बराल तोकिएका छन् । सदस्यहरुमा अर्थ मन्त्रालयका उत्तर कुमार खत्री, धनिराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा रहेका छन् ।

बराल यसअघि जनार्दन शर्मा अर्थमन्त्री हुदाको बजेट लेखन समितिका पनि संयाेजक रहेर काम गरिसकेका छन् ।

प्रकाशित मिति: सोमवार, चैत्र २७, २०७९