समाचार हेडलाईन न्युज

प्रधानमन्त्री प्रचण्डबाट तीन उपप्रधानमन्त्री सहित ८ सदस्यीय मन्त्रीमण्डल गठन

सुनकोसी न्युज
पुस ११, साेमबार, २०७९
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ ।

उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछाने रहनुभएकाे छ । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालय सम्हाल्नुहुनेछ ।

मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानकाे नाम निर्णय भएको छ । उहाँहरुको कार्यभार पछि तोकिनेछ । ३ जना उपप्रधानमन्त्री र ३ जना मन्त्रीहरुले सोमबार नै शपथ लिनुभएकाे छ। एमालेबाट मन्त्री बनेकी ज्वाला कुमारी साह भने अनुपस्थित हुनुहुन्थ्यो ।

प्रकाशित मिति: सोमवार, पुस ११, २०७९