शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

फागुन ११ गते स्ववियु चुनाव गर्ने त्रिविको तयारी, विद्यार्थीसँग साेमबार छलफल गरिने

सुनकोसी न्युज
पुस ९ गते शनिबार २०७९
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी २०७९, फागुन २८ गते गर्ने तयारी गरेको छ। स्ववियु निर्वाचनको मिति प्रस्ताव गर्नका लागि पुस ११ गते साेमबार  विद्यार्थी संगठनका अध्यक्षहरूको बैठक बोलाइएको छ।

स्ववियु चुनावबारे विद्यार्थी संगठनहरूको सहमति भए साेही मितिमा चुनाव गर्ने तयारी थालिने त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए ।

त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौवटै संकायका डिन र परीक्षा नियन्त्रकसँगको छलफलले आगामी फागुन २८ गते नै स्ववियु चुनाव गर्ने गरी त्रिवि अगाडि बढेको उनलेे बताए।

‘हामीले त्रिवि पदाधिकारी, नौ वटै संकायका डिन र परीक्षा नियन्त्रकसँग स्ववियु निर्वाचन गर्नका लागि उपयुक्त मितिका लागि छलफल गर्‍यौं,’ उनले भने, ‘परीक्षा र भर्नालगायत सबै प्रक्रिया सकिने भएकाले नै स्ववियु निर्वाचन गर्ने फागुन २८ गते हामीलाई उपयुक्त समय लागेको छ, हामी सोही मितिको प्रस्ताव विद्यार्थी संगठनसँग गर्छौं‌।’

निर्देशनालयका निर्देशक अधिकारीले उक्त मितिका लागि त्रिवि पूर्ण तयार भइसकेकोले विद्यार्थी संगठनसँग छलफल गरिने बताए।

प्रकाशित मिति: शनिबार, पुस ९, २०७९