समाचार हेडलाईन न्युज

काठमाडौं ६(ख) बाट माओवादीका फुँयालकाे उम्मेदवारी फिर्ता, शर्माको आपत्ति

सुनकोसी न्युज
कार्तिक २१ गते साेमबार, २०७९
काठमाडौं । माओवादी केन्द्रले काठमाडौं -६ (ख) का आफ्ना उम्मेदवार प्रकाश फुँयालकाे उम्मेदवारी निस्कृय पारेपछि केन्द्रीय सदस्य हिमाल शर्माले असन्तुष्टि व्यक्त गरेका  छन् । उनले राताेपाटिमा प्रकाशित उक्त समाचार आफ्नो फेसबुक वालमा शेयर गर्दै सधैं आफूहरूले मात्रै त्याग गर्नुपर्ने भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । शर्मा आफू स्वयम् काठमाडौं ६ बाट चुनाव लड्न चाहन्थे । गठबन्धनका कारण उक्त क्षेत्र कांग्रेसलाई परेपछि ख प्रदेश माओवादीकाे भागमा परेको थियोे । काठमाडौं ६ काे क मा भने माओवादीका रवीन्द्र प्रसाद श्रेष्ठ र कांग्रेसका हरिप्रभा खड्गीबीच मैत्रीपूर्ण प्रतिस्पर्धा रहेको छ।
माओवादी केन्द्र केन्द्रीय कार्यालयले निकालेको विज्ञप्तिमा नेकपा माओवादी केन्द्रले गठबन्धनको भावना र मर्मलाई बलियो बनाउनुपर्ने भन्दै पार्टीका तर्फबाट प्रस्तुत गरिएका काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ प्रदेश ‘ख’ का उम्मेदवार प्रकाश फुयाँलको उम्मेदवारी निष्क्रिय गर्दै गठबन्धनका अर्का उम्मेदवार विष्णुभक्त तिमिल्सिनालाई सहयोग गर्न निर्देशन दिएको छ ।

‘यतिबेला गठबन्धनको भावना र मर्मलाई बलियो बनाउनु पर्ने आवश्यक भएकोले हाम्रो पार्टीका तर्फबाट प्रस्तुत गरिएका उम्मेदवार कमरेड प्रकाश फैयालको उम्मेदवारी निष्क्रिय गरी गठबन्धनका अर्का उम्मेदवार विष्णुभक्त तिमिल्सिनालाई सहयोग गर्ने भन्ने हाम्रो पार्टीको निर्णय भएकोले सोही अनुसार कार्यान्वयन गर्नु गराउनु हुन निर्देशन गरिन्छ’, माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जारी गरेको पत्रमा भनिएको छ ।

प्रकाशित मिति: सोमवार, कार्तिक २१, २०७९