बागमती समाचार हेडलाईन न्युज

कति छन् सिन्धुलीमा मतदाता र  प्रतिनिधिसभाका उम्मेदवार

SINDHULI DISTRICT

सुनकोसी न्युज
कार्तिक १९ गते शनिबार २०७९
सिन्धुली । मंसिर ४ गते हुने निर्वाचनको लागि सिन्धुलीमा कुल २ लाख ८ हजार तीनसय ६९ मतदाता रहेको निर्वाचन आयाेगले जनाएको छ।

प्रतिनिधि सभा तर्फ दुईवटा क्षेत्र रहेको सिन्धुलीकाे एक नम्बर क्षेत्रमा १०१२३३ मतदाता रहेका छन् जसमा पुरुष ५५२६७ जना र महिला ५१८६९ जना रहेका छन् । १ नम्बर क्षेत्रमा मतदान स्थल ५५ र मतदान केन्द्र १३७ रहेको छ। त्यस्तै दुई नम्बर क्षेत्रमा मतदान स्थल ७४ र मतदान केन्द्र १३० रहेको  छ।

विभिन्न राजनीतिक दलका ९ र स्वतन्त्र ३ जना गरि जम्मा १२ जना उम्मेदवार रहेको १ नम्बर क्षेत्रमा महिला उम्मेदवार एकजना मात्रै रहेको आयाेगले जनाएको छ।
त्यसैगरी निर्वाचन क्षेत्र नम्बर दुईमा राजनीतिक दलका ८ र स्वतन्त्र १ गरि जम्मा ९ जना उम्मेदवार रहेका छन् । यहाँ पनि महिला उम्मेदवार एकजना मात्रै रहेकाे जनाइएको छ।

क्षेत्र नम्बर १ मा खस आर्य ५०%, जनजाति/आदिवासी ४१.६७% र दलित ८.३३% मतदाता रहेका छन् । २ नम्बर क्षेत्रमा खस आर्य ३३.३३%, आदिवासी/जनजाति ४४.४४ र दलित मतदाताको संख्या २२.२२% रहेको छ।

प्रकाशित मिति: शनिबार, कार्तिक १९, २०७९