समाचार हेडलाईन न्युज

५५० उम्मेदवारको उम्मेदवारी खारेज

सुनकोसी न्युज
कार्तिक ९ गते बुधबार २०७९
काठमाडौं । निर्वाचन आयाेगले ५५० जना उम्मेदवारकाे उम्मेदवारी खारेज गरेको छ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा आयमेगले ताेकेकाे मापदण्डअनुसार उम्मेदवारी दर्ता नगरेका ५५० उम्मेदवारकाे दर्ता खारेज गरेको निर्वाचन आयाेगले मंगलबार एक विज्ञप्ति मार्फत जानकारी गराएको छ।
यसरी दर्ता खारेज हुनेमा जरिवाना नतिर्ने ३७९ जना रहेका छन् । एक जना कालाे सूचीमा परेका र एक जन सरकारी लाभको पदमा रहेका समानुपातिक उम्मेदवारकाे पनि उम्मेदवारी खारेज भएको छ।
स्थानीय तहको चुनावमा आचारसंहिता उल्लंघन गरेका र हरहिसाब पेस नगरेका ३६९ उम्मेदवारकाे नाम बन्द सूचीबाट हटाइएको आयाेगले जनाएको छ।
त्यसैगरी २५ वर्ष उमेर नपुगेका ५२ जना, दाेहाेराे उम्मेदवारी परेका ६६ जना, महिला/पुरुषको विवरण फरक परेका ३७ जना, कुनै पालिकाकाे मतदाता नामावलीमा नाम नभएका प्रतिनिधि सभाका ६ जना, सम्बन्धित प्रदेशको मतदाता नामावलीमा नाम नभएका १२ जना र आवश्यक कागजात नपुगेका ६ जनाकाे पनि उम्मेदवारी दर्ता खारेज भएको जनाएको छ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि जम्मा ६४५७ जनाको उम्मेदवारी परेको छ।

प्रकाशित मिति: बुधबार, कार्तिक ९, २०७९