अर्थ/विजनेस समाचार हेडलाईन न्युज

दशैंको अवसरमा काठमाडौंमा ‘सकेण्ड ह्याण्ड’ कार किनबेच मेला सुरू

सुनकोसी न्युज
असाेज १४ गते २०७९
काठमाडौं । अटो एक्स्पो दशैं कार मेलामा सेकेण्ड ह्याण्ड गाडी बेच्ने र किन्नेहरूको आकर्षण बढेको छ । बुधवारदेखि ‘क्यास अन ह्वील’ ले नेपालमा नै पहिलो पटक दशैंलक्षित अटो एक्स्पो शुरू गरेको हो ।

सेकेण्ड ह्याण्ड गाडी किन्न र बेच्न चाहने मानिसहरूले अटो एक्स्पो दशैं कार मेलामा गएर पुरानो गाडी बेच्ने र नयाँ गाडी खरिद गर्न पाउने सुविधासहित मेला आयोजना गरिएको आयोजकले जनाएको छ । आयोजकले नेपालमा पहिलो पटक गरिएकाे सेकेण्ड ह्याण्ड गाडी खरिद र बिक्री मेलामा ग्राहकहरूको आकर्षण बढिरहेको बताएको छ ।

क्यास अन ह्वीलका निर्देशक सुवास प्रधानले नेपालमा पहिलोपटक आफूसँग भएको गाडी बेच्न चाहनेहरूलाई एउटै छानामुनि ल्याउने प्रयासमा अटो एक्स्पो आयोजना गरिएको बताए । उनले मेलामा पुरानो गाडीको मूल्य तोकेर बेच्न चाहनेहरूले क्यास अन ह्वील र मेलामा बेच्नसक्ने बताए । उनले मेलाले सेकेण्ड ह्याण्ड गाडी बेच्न चाहने र किन्न चाहनेहरूलाई सहजीकरण गर्ने काम गर्ने बताए । प्रधानले मेलामा १०० वटा सेकेण्ड ह्याण्ड कारहरू बेच्नको लागि आएको बताए ।

त्यस्तै, क्यान अन ह्विलका अध्यक्ष मोहन भण्डारीले नेपालमा अटो एक्स्पोहरूमा नयाँ गाडी किन्ने तर पुरानो गाडी के गर्ने भन्ने समस्या बढ्दै गएकाले यो एक्स्पोले अन्योलतालाई चिर्ने बताए । उनले पुराना गाडी बेच्न ल्याउने र मूल्य निर्धारण गरेर पुरानो गाडी दिएर नयाँ गाडी लिएर जान पाउने सुविधा रहेको बताए ।

प्रकाशित मिति: शुक्रबार, अशोज १४, २०७९