अर्थ/विजनेस समाचार

लेभ्लिंग  सफर दशैँ तिहारमा ५ लाख सम्म छुट अफर

सुनकोसी न्युज
भदौ ३१ शुक्रबार २०७९
काठमाडौं – नेपाली कर्पोरेट हाउसको इतिहासमा ३१  बर्ष पुरानो र नेपाल भरिको सबै ग्राहकको बिश्वास जित्न सफल ग्रुपको रुपमा परिचित कम्पनि बज्र ग्रुप हो | विश्वको बिभिन्न प्रसिद्ध  ब्राण्ड नेपालमा ३१  बर्ष देखि बिक्रि गर्दै आएको बज्र ग्रुप  अन्तर्गतको कम्पनि  ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक  स्कुटरमा दशैँ अफर ल्याएको छ जसको नाम हो लेभलिंगको सफर दशैँ तिहारमा डबल अफर भन्ने स्किम संचालनमा ल्याएको हो ।

यस स्किममा घरमै बसेर एस एम एस  EVNEPAL1111 and send it to 35001 बाट १ लाख सम्म छुट पाउन सक्नु हुनेछ भने शोरुम गएर  शोरुमले दिएको कोडमा एस एम एस गरेर फेरि छुट पाउन सक्नु हुनेछ । यसमा २ चोटी एस एम एस मार्फत डबल छुट पाउन सकिनेछ जसमा ७  हजार देखि ५ लाख सम्म छुट रकम म्यासेजमा आउने छ  र म्यासेजमा आएको रकम हेरेर  स्कुटर किन्दा  कम्पनीले छुट दिनेछ  | यसका साथै नविल बैंकको शून्य प्रतिशत ब्याजदरमा सो स्कुटर किन्न सकिने छ र कुनै पनि पेट्रोल बाइक सँग सजिलै एक्सचेन्ज हुने छ | यो स्कुटर जर्मन कम्पनीको Bosch को मोटर्स प्रयोग गरिएको स्कुटर हो । फुल चार्जमा राम्रो माइलेज दिने हुनाले  ग्राहकको माग बढ्दो छ | यस स्कुटरको ब्राण्ड एम्बेसडरमा मिस इन्टरनेशनल  २०१७ की बिजयी नीति साह हुनुहुन्छ ।

लेभ्लिंग इलेक्ट्रिक स्कुटर चढेपछि खर्चको  वचत हुने, पेट्रोल हाल्न नपर्ने , शर्भिस र पार्ट्समा खर्च नहुने , वातावरण स्वस्छ हुने हुनाले कम्पनीले यो दशै स्किम लागि गरेको हो ।

यो योजना प्रारम्भ भइसकेको र नजिकको लेभ्निङ इलेक्ट्रिक स्कुटरको शोरुममा सम्पर्क गर्न सकिने बताइएको छ ।

नेपाली बजारमा सबै रेन्ज भएको र राम्रो ब्राण्डको रुपमा लेभ्लिंग स्कुटरलाई चिनिन्छ जसमा निम्न प्रोडक्ट बिक्रि वितरण भैरहेको छ :
एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५–डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य १ लाख १० हजार देखि ५ लाख ५९ हजार रुपैयाँ सम्म छ ।आजै काठमाडौंको नक्साल, टेकु , भैसेपाटी , बाफल , गहबहाल ,भक्तपुर , बनेपा , बुटवल , सुर्खेत , जनकपुर , बिर्तामोड लगाएत नेपाल भरिको  शोरुममा सम्पर्क गर्न सक्नु हुनेछ |

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९