प्रदेश १ समाचार

साईवर अपराधका घटनासँग सम्बन्धीत उजुरी प्रहरीले जिल्लामा नलिने भएकाले अपराधिको मनोबल बढ्यो

सुनकोसी न्युज, असार २२ गते बुधवार, २०७९

ओखलढुंगा — गाउँघरका सोझा साझा जनता साईवर अपराधबाट पिडित भैरहेपनि उजुरी गर्ने ठाउँको असहजता र झन्झटकै कारण अपराधिले उन्मुक्ति पाईराखेको ओखलढुंगामा सरोकारवालाहरुले गुनासो गरेकाछन् ।

नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा टेक्मो सोलुसन्स प्रा.लि.ले ओखलढुंगामा आयोजनागरेको “सामाजिक संजालको सुरक्षितप्रयोग र साईवर अपराध” सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागिहरुले उक्त गुनासो गरेका हुन ।

सहभागीहरुले साईवर अपराधका घटनासँग सम्बन्धीत उजुरी प्रहरीले जिल्लामा नलिने भएकाले अपराधिको मनोबल झन बढेको हुनसक्ने भन्दै यस्ता घटना ब्यूनिकरण गर्न जिल्लामै उजुरी लिने र उजुरी प्रकृयालाई सहज बनाउनु पर्ने धारण ब्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति ओखलढुंगाको उप प्रमुख तरा कार्कीले विद्यालय स्तरमै सामाजिक संजालको सुरक्षितप्रयोग सम्बन्धी तालिमहरु लानुपर्ने धारण राखेकी थिइन । सिद्धिचरण नगरपालिकाका उप प्रमुख केदार बाबु बस्नेतले भने पाठ्य पुस्तकै बनाएर लागू गर्नुपर्नेमा जोड दिएका थिए ।

त्यस्तै नेपाल दूरसञ्चार प्राधिकरण्का उप निर्देशक सुर्य प्रसाद लामिछानेले सामाजिक संजाल र साईवर अपराध सम्बन्धीत कानून निर्माणको प्रकृयामा रहेको र यस्को प्रयोग पश्चात अपराधहर कमभएरजाने धारणा राखेका थिए । साथै उनले अपराधलाई न्यूनिकरण गर्न जनचेतना फैलाउने दयित्व सबैको भएकोले एकभएर अधिबढ्न सबै सरोकारवालाहरुलाई आग्रह पनि गरे ।

यसै गरी हिमालयन ग्रिनका निर्देशक शम्भु पहाडीले सामजिक संजालका सेटिङहरुमा बिभिन्न सुरक्षात्मक बिधि हुने भएकाले त्यसको प्रयोगबाट पनि केही हदसम्म सुरक्षित रहन सकिने धारण राख्दै यसको बारेमा ग्रामिण भेगका प्रयोगकर्ता सम्म जानकारी पुर्याउन आबस्यक रहेको बताए ।

त्यस्तै कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका सहायक निर्देशक राजु रिजालले प्राधिकरणको बारेमा जानकारी दिएका थिए भने विनोद श्रेष्ठले प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रममा ओखलढुंगा जिल्लाका प्रहरी प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय अधिकारी, उद्योग बणिज्य संघ, मानब अधिकार कर्मी, उपभोक्ता अधिकार कर्मी, वकिल, पत्रकार लगाएत सरोकारवालहरुको सहभागित रहेको थियो ।

प्रकाशित मिति: बुधबार, असार २२, २०७९