अर्थ/विजनेस समाचार हेडलाईन न्युज

आइतबार ४ बजे अर्थमन्त्री शर्माले बजेट पेस गर्ने

सुनकोसी न्युज
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आ.व. २०७९/८० काे बजेट कार्यक्रम पेस गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ।

आइतबार अपरान्ह ४ बजे संसदसमक्ष बजेट पेस गर्ने कार्यक्रम रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्याैपानेले जानकारी दिए।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ। जसमाथि टिप्पणी र छलफल गर्ने कार्य लगभग सकिएको छ।

यसअघि काेभिडका कारण फैलिन नपाएको बजेट यसपटक विविध कारणबाट प्रभावित हुने स्पष्ट संकेत देखिन्छ । भरखरै स्थानीय चुनाव सकिएको छ। संसदीय चुनाव मुखमा छ। आर्थिक मन्दी र मूल्य वृद्धिको चपेटामा अर्थतन्त्र फसेको छ। व्यापार घाटा डरलाग्दो छ। बिदेशी मुंद्रा संचिति न्यून छ। उत्पादन र निर्यातको अवस्था दयनीय छ। कृषिमा लगानी बालुवामा पानी सरह भएको छ। स्वदेशी उद्योगको अवस्था धरासायी छ। यस्तो अवस्थामा सरकारले राष्ट्रिय समृद्धिकाे कस्तो मार्गचित्र खिच्ला, कस्तो नीति र कार्यक्रम ल्याउफा, कस्तो बजेट कार्यक्रम बनाउला भन्ने कुरामा अन्तर्निहित रहनेछ । सबैले यो बजेटलाई यसकारण महत्त्वका साथ हेरिरहेका छन् ।
अर्थतन्त्र नबुझेको अर्थमन्त्रीले यसअघि पुरक बजेट ल्याएर आर्थिक संकट निम्त्याएको आराेप लागेको थियोे, त्यो आराेपकाे खाडल भर्न पनि यो बजेट सक्षम हुनुपर्ने चुनाैति रहेको छ।

प्रकाशित मिति: शनिबार, जेष्ठ १४, २०७९