समाचार

नेकपा (माओवादी केन्द्रको) केन्द्रीय समितिमा ९७ जना मनोनित

सुनकोशीन्यूज
२०७८र११र२३ गते सोमबार

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९७ जना मनोनित गरेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा थप गर्ने ९७ जनाको नाम प्रस्ताव गरेका छन् ।

नाममाथि केन्द्रीय समितिमा छलफल भइरहेको छ । प्रचण्डले प्रस्ताव केन्द्रीय सदस्यमा प्रचण्डकी छोरी गंगा दाहाल, ज्वाईं जीवन आचार्य पनि रहेका छन् । त्यस्तै वाईसीएलका अध्यक्ष सुमन देवकोटा, प्रचण्डका स्वकीय सचिव रमेश मल्ल पनि केन्द्रीय सदस्यमा मनोनित भएका माओवादी केन्द्र स्रोतले जनाएको छ ।

 

प्रकाशित मिति: सोमवार, फाल्गुन २३, २०७८