समाचार

मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशको संलग्नता जोड्नु असान्दर्भिक : सर्वोच्च

सर्वोच्च अदालतले मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीशको संलग्नता असान्दर्भिक भएको भन्दै आपत्ति जनाएको छ। सर्वोच्चले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषद गठन एवं विस्तारको विषयमा प्रधानन्यायाधीशलाई असान्दर्भिक रुपमा जोडेर अतिरन्जित एवं भ्रमपूर्ण समाचार प्रकाशित गरेको भन्दै खेद व्यक्त गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय प्रधानन्यायाधीशबाट नेपालको संविधानबमोजिम न्यायापालिकालाई स्वतन्त्र, निष्पक्ष र सक्षम बनाउने विषयमा आफ्नो स्पष्ट प्रतिवद्धता रहेको धारण विभिन्न समयमा व्यक्त हुँदै आएको स्मरण गराउँदै सर्वोच्च अदालतको अमूक फैसलाको सन्दर्भ जोडि यस प्रकारका समाचार आउनु अदालतप्रतिको जनआस्था एवं नेतृत्वप्रति प्रतिकूल प्रभाव पार्ने दूषित मनसायबाहेक अरु केही हुन सक्दैन।’

प्रकाशित मिति: सोमवार, अशोज १८, २०७८

 

 

ताजा अपडेट