समाचार हेडलाईन न्युज

अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त

सुनकाेशी न्यून।  २०७८ भाद्र २

संविधानको धारा १६८(१) अनुसार प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई बहुमतको आधारमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उक्त धारामा ‘प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद्को गठन हुने’ उल्लेख छ ।

शाक्य बुधबार नै वाग्मती प्रदेश एमाले संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन भएकी थिइन् ।

मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार एमाले संसदीय दलको नेता र मुख्यमन्त्री दुवै पदबाट राजीनामा दिएका थिए । पौडेलकै प्रस्तावमा शाक्यलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरिएक थियो ।

प्रकाशित मिति: बुधबार, भदौ २, २०७८

 

 

ताजा अपडेट