मुख्य समाचार समाचार हेडलाईन न्युज

बालुवाटारस्थित ललिता निवास जग्गा किनबेच प्रकरणमा गच्छदारसँग १० लाख रुपैयाँ धरौटी माग

सुनकोशी न्युज

२०७८ आषाढ ३० गते बुधबार

 

काठमाडौं -पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसँग बालुवाटारस्थित ललिता निवास जग्गा किनबेच प्रकरणमावि शेष अदालतले १० लाख रुपैयाँ धरौटी माग गरेको छ।

विशेष अदालतमा बुधबार भएको थुनछेक बहसपछि अदालतले उक्त रकम धरौटी मागेको अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए।

गच्छदारले सरकारी जग्गा व्यक्तिको बनाउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजान विभागीय मन्त्रीको रूपमा गैरकानुनी कार्य गरेको अभियोगपत्रमा उल्लेख छ।

ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो।

प्रकाशित मिति: बुधबार, असार ३०, २०७८