समाचार हेडलाईन न्युज

सुनसरीबाट स्काई ट्रकमार्फत काठमाडौं ल्याइयो ६० सिलिन्डर अक्सिजन

सुनकाेशी न्युज, २०७८ वैशाख ३० गते बिहीबार,
काठमाडौं । सुनसरीबाट नेपाली सेनाको स्काई ट्रक प्रयोग गरेर ६० सिलिन्डर अक्सिजन काठमाडौं ल्याइएको छ । काठमाडौंमा अक्सिजनको चरम अभाव छ । सुनसरीबाट ल्याएको अक्सिजन कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमार्फत अस्पतालहरुलाई न्यायोचित वितरण गरिने गृह मन्त्रालयले जनाएको छ ।
कोभिड–१९ संक्रमितको उपचारमा जीवन रक्षक अमृतको रुपमा रहेको अक्सिजनको आपूर्ति व्यवस्थापन चुनौतिपूर्ण बनेको गृह मन्त्रालयले जनाएको छ । आपूर्ति सहज बनाउन विशेष सक्रियताका साथ लागिपरेको मन्त्रालयको दावी छ ।

देशका ठुला शहरमा प्रहरीले तीब्रताका साथ अक्सिजन संकलन गरिरहेको छ । अस्पताल बाहेक अन्यत्र रहेका सिलिन्डर स्थानिय प्रशासन वा सुरक्षा निकायमा बुझाउन गृह मन्त्रालयले अपिल गरेको छ ।

प्रकाशित मिति: बिहिबार, बैशाख ३०, २०७८